१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:२२:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सेतो दुबी कसरी नियन्त्रण गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२२:oo

हेल्थ टिप्स

डा. रुपक घिमिरे, छालारोग विशेषज्ञ आवरण स्किन एन्ड हेयर क्लिनिक

मानिसको शरीर या अनुहारमा सेतो रङको दाग (पिगमेन्ट लस) आउने समस्या दुबी हो । यो रोगप्रतिरोधक क्षमताको कमी, वंशानुगत वा मेलनाइट्स (मेलेनिन उत्पादन गर्ने कोषिका, जसले छालालाई रङ दिने काम गर्छन्)को कमीले पनि हुन सक्छ । यदि समयमै उपचार गरिएन भने यो शरीरका विभिन्न भागमा फैलन्छ र उपचार गर्न मुस्किल पर्छ । 

लक्षण  ः सेतो दुबी देखिनुअघि यसका केही लक्षण देखिन्छन् । समयमै उपचार गर्दा यसको प्रभावलाई रोक्न सकिन्छ । छालाको रङ परिवर्तन हुन थाल्छ, सूर्यको विकिरणको सम्पर्कमा आउनेले गुप्तांग, काखी र पेटमा कालो धब्बा देखिन्छ । कपाल खैरो देखिन थाल्छ, आँखाको परेलाका रङ बदलिन्छन्, जिब्रोको बाहिरी छालाको रङ परिवर्तन हुन थाल्छ ।

असर : मुख्यतः शरीरमा रङ बन्न नपाउँदा सेतो दुबी देखिने हुन्छ । दुबीले सौन्दर्यलाई असर पुर्‍याए पनि अरू समस्या निम्त्याउने भने हुँदैन । फोटोसेन्सेटिभिटी (घामले गर्दा छालामा रियाक्सन गर्ने विकिरण) र कहिलेकाहीँ अरू रोगसँग सम्बन्धित भएका कारणले गर्दा पनि दुबीको समस्या आउन सक्छ । दुबीले गर्दा नै असर गर्ने अथवा अरू कुनै समस्या हुने भन्ने हुँदैन । त्यस्तै, यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । 

समाधान : दुबीको उपचार सुरुकै अवस्थामा गर्न सकिए केही हदसम्म निको हुन्छ । तर, यो पुरानो छ भने पूर्ण रूपमा निको पार्न सकिँदैन । सामान्य दुबी भएमा मलमबाटै उपचार हुन्छ । तर, शरीरमा धेरै छ भने थेरापीबाट यसको उपचार गरिन्छ । विकिरणबाट रङ दिने कोषिका बढाएर उपचार गर्न सकिन्छ । छाला प्रत्यारोपण गरेर पनि यसको उपचार गर्न सकिन्छ । दुबी लाग्ने कारण र यसको उपचार प्रक्रियाबारे छालारोग विशेषज्ञसँग सल्लाह गरी आयुर्वेदिक उपचारसँगै सर्जरीका माध्यमबाट पनि उपचार गर्न सकिन्छ ।