मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २० शनिबार
  • Saturday, 03 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ५ मंगलबार १३:५५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिमालयन बैंकले १९.११ प्रतिशत लाभांश दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ५ मंगलबार १३:५५:००

हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई यो वर्ष १९.११% लाभांश वितरण गर्ने भएको छ। पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको ४२७औँ बैठकले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १९.११ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो।

बैंकले चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र करसहित ११.११ प्रतिशत नगद लाभांश दिने जनाएकाे छ। नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात् उक्त लाभांश वितरण गर्न मिल्नेछ।