Skip This
चर्को दबाबपछि ३-३ रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष १ शुक्रबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १ शुक्रबार २o:२२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चर्को दबाबपछि ३-३ रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १ शुक्रबार २o:२२:oo

नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँका दरले घटाएको छ। 

शनिबार रातीबाट लागू हुने गरी मुल्य घटाएपछि उपभोक्ताले पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टितेल समान १७५ रुपैयाँ प्रतिलिटरका दरले खरिद गर्न पाउनेछन्।

गत असोजदेखि निरन्तर मूल्य घटेर आएकाले निगमलाई यसपटक मुल्य घटाउन चर्को दबाब थियो। मूल्य घटाएपनि निगमलाई अझै १९ अर्ब रुपैयाँ इण्डियन आयल कर्पोरेसनको बक्यौता रहेको प्रवक्ता बिनितमणी उपाध्यायले जानकारी दिए।