Skip This
सुनका गहना चोरीको आरोपमा महिला पक्राउ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १ शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ पौष १ शुक्रबार १९:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनका गहना चोरीको आरोपमा महिला पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १ शुक्रबार १९:४२:oo

वृद्ध महिलालाई ललाइफकाई सुनका गहना चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला पर्वत मोदी गाउँपालिका– ६ घर भई हाल पोखरा महानगरपालिका– ४ गणेश टोल बस्ने वर्ष ३४ की टीका श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

पोखरा बजारका विभिन्न स्थानमा वृद्ध महिलाको घरमा परिवारका अन्य सदस्य नभएको मौका छोपी  ललाइफकाई, उनीहरूले घाँटी तथा कानमा लगाएको र घरमा राखेका सुनका गरगहना र नगद चोरी भएको उजुरी परेको थियो। 

सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको विशेष अनुसन्धान टोलीले ती महिलालाई चोरी गरेको धनमालसहित पक्राउ गरेको तिवारीले जानकारी दिए। तिवारीका अनुसार पोखराका विभिन्न स्थानका आठजना पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। 

सोही उजुरीका आधारमा नगद एवं गर गहना गरी २७ लाख दुई हजार ५८ रुपैयाँबराबरको चोरी भएको तिवारीले बताए। पक्राउ परेकी श्रेष्ठका साथबाट प्रहरीले चोरी भएमध्येको सुनको पोतेसहितको तिलहरी एक थान, औँठी एक थान र कानमा लगाउने टप एक जोर, सुनजस्तो देखिने सिक्री, बाला, औँठी, मोबाइललगायतका गहना र चोरी गर्दा लगाउने गरेको कपडा बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीले आरोपीमाथि अनुसन्धान अगाडि बढाएको जनाएको छ।