१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लामा दोब्बरले बढ्यो मानव अधिकार उल्लंघनका घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:२o:oo

गत वर्षभन्दा यस वर्ष हुम्लामा मानव अधिकार उल्लंघनका घटना दोब्बरले बढेको छ। मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशनपूर्व वार्षिक समीक्षा प्रतिवेदनमा जिल्लामा मानव अधिकार उल्लंघनका घटना बढेको उल्लेख छ।

०७८ पुस १७ गतेदेखि ०७९ मंसिरसम्म संकलन गरिएको प्रतिवेदन रिपोर्टमा मानव अधिकार उल्लंघनका ३२ घटना रहेका इन्सेक हुम्लाका प्रतिनिधि नन्द सिंहले जानकारी दिए। गत वर्ष मानव अधिकार उल्लंघनका १२ घटना भएका थिए। बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका नौ घटना रहेको सिंहको भनाइ छ।

ad
ad