१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सानिमा बैंक र युएसएआइडीबीच बजार प्रतिनिधि विकासमा सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:१६:oo

सानिमा बैंक लिमिटेड र युएसएआइडीबीच विभिन्न बजार प्रतिनिधिको विकास र बजारमाथिको पहुँचलाई सक्षम बनाउन बृहत् तथा दिगोस्तरका कार्यक्रमलाई गति दिने लक्ष्यका साथ सहकार्यपत्रमा हस्ताक्षर भएको छ । नेपालभित्र र बाहिरका आर्थिक गतिविधिमार्फत विभिन्न अवसर सिर्जना गरी लक्षित बजार वर्गको क्षमता अभिवृद्धि गर्ने विश्वासका साथ सहकार्य गर्न लागिएको हो । 

पाँच वर्ष अवधिको कार्यक्रम ‘युएसएआइडी ट्रेड एन्ड कम्पिटिटिभनेस एक्टिभिटी’ले नेपालको अर्थ प्रणालीमा रहेका सार्वजनिक तथा निजी क्षेत्रहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले उच्च गुणस्तर तथा निर्यातउन्मुख गराई रोजगारीका अवसर सिर्जना गर्ने, आय वृद्धि गर्ने, संस्थागत तथा क्षेत्रगत तहमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नेजस्ता लक्ष्य लिएको जनाइएको छ । यस कार्यक्रमले बजारमाथिको पहुँच वृद्धि गर्न, उत्पादकत्व क्षमता वृद्धि गर्न, रोजगारी सिर्जना गर्नका साथै लगानीमैत्री वातावरण बनाउन बजार प्रतिनिधिलाई प्रोत्साहन गर्ने काम गर्ने बैंकले जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले यस सहकार्यले बैंकलाई दिगो प्रकृतिका वित्तीय उपकरण र सेवाहरूमा पहुँच बढाउन मद्दत गर्ने बताए । यसै कारण लघु, साना तथा मझौला व्यवसायमा सुदृढ सेवा प्रदान गर्ने बैंकको प्रयासलाई अझ बलियो पार्न सक्षम बनाउने उनको भनाइ थियो । बैंकले हाल सातै प्रदेशमा एक सय ३० कार्यालय र एक सय २३ एटिएम सञ्जालमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad