१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

फाइनल प्रवेशसँगै देशभर हर्षोल्लास, उपाधि भित्र्याउन र मेस्सीकाे खेल हेर्न फ्रान्सेली आतुर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:३१:oo

कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सेली टोली प्रवेश गरेसँगै राजधानी पेरिसलगायत देशका विभिन्न सहरमा खुसीयाली मनाइएको छ। 

खेल समर्थक फ्रान्सेलीले पराजित मोरक्को टोलीको उत्कृष्ट प्रदर्शनको प्रशंसा पनि गरेका छन्। 

बुधबार भएको खेलमा २–० गोलले मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो। अफ्रिकी देश मोरक्कोको अभूतपूर्व उपलब्धिको उनीहरूले सराहना गरेका छन्। 

विश्वकपको इतिहासमा पहिलोपटक अफ्रिकी मुलुक मोरक्को सेमिफाइनलमा पुगेर फ्रान्ससँग आमनेसामने भएकामा उनीहरू हर्षित थिए। 

‘फ्रान्ससँग पराजित भए पनि मोरक्कन फाइनलमा हामीसँगै हुनेछन्, यो जित सबै फ्रान्सेली भाषीको हो,’ मध्यपेरिसको बास्टिल स्क्वायरनजिक विजय उत्सवमा सहभागी २२ वर्षीय एड्रिन भिग्नाउले ‘डिफेन्डिङ च्याम्पियन’ क्रोएसियालाई हराएर सेमिफाइनलमा मोरक्को पुग्नु ठूलो उपलब्धि भएको उनले बताए। 

फ्रान्स र अर्जेन्टिनाबीचको फाइन खेलको व्यग्र प्रतीक्षामा आफू रहेको बताउँदै उनले अर्जेन्टिनी ‘स्टार’ खेलाडी लियोनल मेस्सीको प्रहार र प्रस्तुति पनि रोचक हुनेमा आफू ढुक्क रहेको जनाए। प्रतिद्वन्द्वी भए पनि उनको प्रहार गर्ने शैली आकर्षक रहने र उनकाे खेल हेर्न आतुर रहेकाे उनले बताए।
 

ad
ad