
सरकारले ल्याउन लागेको अध्यादेशप्रति राप्रपा नेपालले आपत्ति जनाएको छ।
राप्रपा नेपालले सोमबार विज्ञप्ति जारी गर्दै सत्ता स्वार्थका निम्ति नयाँ संसद्को बैठक बस्ने पूर्वसन्ध्यामा गम्भीर आपराधिक घटनाका अभियुक्तहरूलाई उन्मुक्ति दिने गरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक रहेको जनाएको छ।
साथै लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न राप्रपा नेपालले सरकारसँग माग गरेको छ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि अध्यादेशप्रति आपत्ति जनाएका छन्।
सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई आममाफी दिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेपछि यसको आलोचना भएको छ।