राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूची सत्याउने अन्तिम मौका आज अपराह्न सकिँदै छ ।
निर्वाचन आयोगले दिएको समयसीमाअनुसार दलहरूले पेस गरेको उम्मेदवारको सूची आज ४ बजेसम्म सच्याउन पाउने छन् ।
त्रुटि भए सच्याएर पुनः विवरण बुझाउन सकिने गरी दलहरूलाई दिएको समयसीमा आज अपराह्न सकिने आयोगले जनाएको छ ।
प्रतिनिधिसभा तथा प्रदेश सभामा १४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेका छन् । आयोगका अनुसार ती सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारको नामावली पेस गरिसकेका छन् ।