मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर २३ शुक्रबार
  • Thursday, 13 August, 2026
२o७९ मङ्सिर २३ शुक्रबार १७:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २३ शुक्रबार १७:३२:oo

उदयपुरको त्रियुगा नगरपालिका– १५ छाम्लिङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। शुक्रबार गाईघाटबाट रौतामाई गाउँपालिकाको रसुवातर्फ जाँदै गरेको स.१त ४९४६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रौतामाई गाउँपालिका– ६ का १८ वर्षे शिवराज घिमिरेको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारका अनुसार घाइते हुनेमा ट्याक्टरचालक रौतामाई गाउँपालिका– ४ निकासका २३ वर्षीय सरोज आचार्य, त्रियुगा नगरपालिका– ११ बेलदोभानका १७ वर्षीय रोमन मगर र त्रियुगा नगरपालिका– ३ मिलनचोकका ३५ वर्षीय पुरुषोत्तम कार्की रहेका छन्।

घाइतेहरूलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। आफैँ अनियन्त्रित भई ट्याक्टर सडकदेखि दुई सय मिटर तल झरी दुर्घटनाग्रस्त भएको प्रहरीको भनाइ छ।