मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शिल्पा कर्ण काठमाडौं
२०७९ मङ्सिर २१ बुधबार १६:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् सचिवालयलाई सर्वोच्चको प्रश्न– कुन संवैधानिक आधारमा महाभियोग निष्प्रभावी भयो ?

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७९ मङ्सिर २१ बुधबार १६:२१:००

सर्वोच्च अदालतले संसद् सचिवालयसँग निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्ताव निष्प्रभावी भएको संवैधानिक वा कानुनी आधार खोजेको छ । 

आज बसेको सर्वोच्चको पूर्ण बैठकले यस्तो आधार खोजेको हो । सर्वोच्चले संसद् सचिवालयसँग आधा दर्जन प्रश्नकाे उत्तर खोजेको छ । 

बैठकपछि सर्वोच्चका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले संसद् सचिवालयका महासचिवलाई पत्र लेखी ती विषयमा तत्काल जानकारी पठाउन पनि सर्वोच्चले भनेको छ । 

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राणालाई आज महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएका थिए । राणा सोही पत्र लिएर आज सर्वोच्च जाने तयारीमा थिए ।