Skip This
६ सयले घट्यो सुनको मूल्य
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Monday, 10 August, 2026
रासस काठमाडौं
२o७९ मङ्सिर २० मंगलबार १२:४८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

६ सयले घट्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार १२:४८:oo

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. ६ सयले घटेको छ। अघिल्लो दिन प्रतितोला रु. ९९ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. ९९ हजार तीन सय तोकिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार आठ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९९ हजार चार सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २५ ले घटेर रु. एक हजार तीन सय ५० तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।