१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार ११:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

लिबियाको तटबाट ६३३ आप्रवासीको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:४९:oo

आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम)ले लिबियाको तटबाट ६ सय ३३ आप्रवासीलाई उद्धार गरी गत हप्ता फिर्ता पठाइएको जनाएको छ। २०२२ नोभेम्बर २७  देखि डिसेम्बर ३ को अवधिमा ६ सय ३३ आप्रवासीलाई रोकेर लिबिया फर्काइएको आइओएमले एक विज्ञप्तिमार्फत जनाएको हो।

सन् २०२२ को सुरुबाट हालसम्म एक हजार ८९ महिला र  ६ सय ७८ बालबालिकासहित कुल २१ हजार चार सय ५७ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आइओएमले जनाएको छ। यस वर्ष अहिलेसम्म कुल पाँच सय १७ गैरकानुनी आप्रवासीको मृत्यु भएको छ भने आठ सय ३० जना मध्यभूमध्यसागरीय मार्गमा लिबियाको तटबाट बेपत्ता भएकाे बताइएको छ।

सन्  २०२१ मा कुल ३२ हजार चार सय २५ गैरकानुनी आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको थियो। सन् २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतनपछि लिबियाले असुरक्षा र अराजकताको सामना गरिरहेको छ। यस उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारमा जान चाहने अनियमित आप्रवासीका लागि प्रस्थानको एक केन्द्रबिन्दु बनाएको छ।

ad
ad