Skip This
रेडियो बंगलाचुलीमा तोडफोड, सञ्चारकर्मीमाथि दुर्व्यवहार 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १९ सोमबार
  • Tuesday, 11 August, 2026
२o७९ मङ्सिर १९ सोमबार २o:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेडियो बंगलाचुलीमा तोडफोड, सञ्चारकर्मीमाथि दुर्व्यवहार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १९ सोमबार २o:३२:oo

दाङको बंगलाचुली गाउँपालिका– ३ कमिरेचौरमा रहेको रेडियो बंगलाचुलीको कार्यालयमा तोडफोड भएको छ। रेडियोमा कार्यरत सञ्चारकर्मीमाथि दुर्व्यवहारसमेत भएको छ। 

एमाले प्रदेश कमिटी सदस्य भेषराज खत्रीसहितका व्यक्तिले रेडियो स्टेसनमा पुगेर सञ्चारकर्मीमाथि दुर्व्यवहार गरी तोडफोड र कार्यालयका कागजात नष्ट गरेको नेपाल पत्रकर महासंघ दाङले जनाएको छ। 
महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शीतलले विज्ञप्ति जारी गरी दोषीलाई अविलम्ब कारबाही गर्न माग गरेका छन्। 

रेडियोका स्टेसन म्यानेजर जीवन नेपालीले सञ्चारकर्मी र सञ्चारगृहमाथि असुरक्षाको अवस्था उत्पन्न भएको बताए। 

आक्रमणको भर्त्सना गर्दै प्रेस सेन्टर दाङ, प्रेस युनियन दाङलगायत पत्रकारसँग सम्बन्धित संगठनले दोषीमाथि कारबाहीको माग गरेका छन्। 

समाचार तथा कार्यक्रममा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने, त्यसमा पनि चित्त नबुझे न्यायालय जाने बाटो हुँदाहुँदै सञ्चारमाध्यममाथि नै हस्तक्षेप गर्नु निन्दनीय कार्य भएको प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले विज्ञप्ति जारी गरी जनाएका छन्।