१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार ११:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

फर्मल पहिरनमा स्मार्ट देखिन...

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:२७:oo

फेसन टिप्स

विवाह पार्टी वा समारोहमा जाँदा पहिरनमहत्वपूर्ण हुन्छ । पुरुषहरू प्रायः अवस्थामा यस्ता कार्यक्रममा फर्मल पहिरनमा जानुपर्ने हुन्छ । फर्मल पहिरनमा सर्ट–पेन्ट, कोट, पार्टी सुज, टाई र घडीकोमहत्व विशेष हुन्छ । यी कपडाहरूको सही कम्बिनेसन गर्न सकियो भने पुरुषहरू निकै आकर्षक र स्मार्ट देखिन्छन् । त्यसका लागि कपडाको कलर, डिजाइन, जुत्ताको कलर, घडी र बेल्टको कम्बिनेसन मिलाउन जरुरी छ । 

फर्फेक्ट फिटिङ : कपडाको फिटिङले तपाईंलाई आकर्षक देखाउन सहयोग गर्छ । तपाईंले लुज कपडा लगाउँदा उमेर धेरै भएजस्तो देखिन्छ । भर्खरको देखिनका लागि न त धेरै लुज, न धेरै टाइट अर्थात् तपाईंको शरीरमा फिट हुने कपडा लगाउनुपर्छ ।

सही कलर : ब्ल्याक कलरको सुट र ह्वाइट कलरको सर्टलाई युनिभर्सल कम्बिनेसन मानिन्छ । गहुँगोरो स्किन भएकालाई साइनिङ कलर छनौेट गर्दा राम्रो देखिन्छ । रंंगीचंगी सर्ट रोज्नुको साटो एकै कलरको सर्ट रोज्नुभयो भने राम्रो हुन्छ । किनकि, फर्मल ड्रेसअप भनेकै सिम्पल र क्लासिक हो । त्यसैले धेरै टल्कने रङ पनि नछान्नुस् । दिउँसोको समय कुनै इभेन्टमा जाँदै हुनुहुन्छ भने ह्वाइट, लाइट ब्लुजस्ता लाइट कलरका सर्ट छान्नुस् । यदि रातको समारोह छ भने डार्क, नेभी ब्लु, मरुनजस्ता डार्क कलरका सर्ट छान्नुपर्छ । यदि सर्टमा प्याट्रर्न टाई गर्न चाहनुहुन्छ भने छोटो–छोटो प्याट्रर्नको सर्ट छान्नुहोस् । 

पेन्टको सही लेन्थ : पेन्ट छान्दा सही लेन्थको छान्नुस् । तपाईंको पेन्टको लेन्थ धेरै राम्रो भयो भने राम्रो देखिँदैन । धेरै छोटो पनि सुहाउँदैन । कलरको कुरा गर्ने हो भने ब्ल्याक, नेभी ब्लू र ग्रे पेन्टका लागि सबैभन्दा राम्रा अप्सन हुन् । यी तीन कलर धेरै फर्मल र जेन्टल देखिन्छन् । तपाईंको सर्ट सधैँ पेन्टभित्र हुनुपर्छ र बेल्ट बाँधेको हुनुपर्छ । फर्मल आउटफिट गर्दा यो पनि याद गर्नुस् । 

घडी लगाउनुस् : फर्मल ड्रेसमा घडी पनिमहत्वपूर्ण मानिन्छ । घडीले तपाईंको व्यक्तित्वलाई खुलाउन मद्दत गर्छ । डिजिटल वा स्पोर्टस् घडी होइन । लेदरवाला वा सिम्पल मेटल वाच लगाउनुपर्छ । यसमा जुत्ता र बेल्टको पनि कलर कम्बिनेसन गर्नुपर्छ । अर्थात्, लेदर वाच लगाउँदा त्यसलाई आफ्नो लेदर बेल्ट र जुत्ताको कलरसँग म्याच गर्नुपर्छ । 

सिम्पल बेल्ट : फर्मल आउटफिटमा बेल्टकोमहत्वपूर्ण भूमिका हुन्छ । बेल्ट र जुत्ताको म्याचिङ हेरिन्छ । तपाईंको बेल्टको कलर जुत्ताको कलरसँग म्याच हुनुपर्छ । जस्तो :  ब्राउन जुत्ता लगाउँदा बेल्ट पनि ब्राउन नै लगाउनुभयो भने राम्रो हुन्छ । क्लासी फर्मल लुकका लागि यो आवश्यक छ । यसका लागि स्टाइलिस बकल नभएर सिम्पल बकल भएका बेल्ट छान्नुस् । 

फर्मल जुत्ता : फर्मलको पहिरनका लागि जुत्ता अझैमहत्वपूर्ण हुन्छ । यसका लागि स्पोर्टस् वा कन्भर्स सुज नभएर छालाका साधारण खाले जुत्ता लगाउँदा राम्रो हुन्छ । मोजा लगाउन नर्बिसनुस् । तपाईंको आउटफिटसँग यसको राम्रो कनेक्टिभिटी हुनुपर्छ । तपाईंले आफ्नो मोजालाई पेन्टको कलरसँग म्याच गर्नुपर्छ । रंगीचंगी मेजा नछान्नुस् । 

स्टाइलिस देखिन... 
फर्मल ड्रेसअपमा अझै राम्रो देखिनका लागि कुइनामा तपाईंको सर्टलाई फोल्ड गर्नुस् । यसो गर्दा तपाईंको शरीरको सबैभन्दा राम्रो भाग ‘फोर आम्र्स सो’ हुन्छ । यससँगै सर्टका माथिका तीनवटा बटन पनि खोल्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको शरीर अझै आकर्षक देखिन्छ ।

ad
ad