१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
रासस काठमाडौं
Invalid date format १२:३३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पाँच सयले बढ्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३३:oo

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. पाँच सयले बढेको छ। बुधबार प्रतितोला रु. ९७ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. ९८ हजार एक सय तोकिएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ६ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार एक सय थियो।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु. ४० ले बढेर रु. एक हजार तीन सय ३० पुगेको महासंघले जनाएको छ।