Skip This
सुनसरी ४ मा सञ्चारमन्त्री कार्की ३१ मतले अगाडि
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १५ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ मङ्सिर १५ बिहीबार o९:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरी ४ मा सञ्चारमन्त्री कार्की ३१ मतले अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १५ बिहीबार o९:५८:oo

सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा एमाले र कांग्रेस उम्मेदवारबीच रोचक भिडन्त जारी छ । पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियत अहिले कांग्रेसका उम्मेदवार एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीभन्दा ३१ मतले पछि छन् ।

कांग्रेस उम्मेदवार कार्कीले ३० हजार एक सय ७० मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कुसियतले ३० हजार एक सय ३९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा जारी छ । 

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विद्यानन्द यादवले तीन हजार एक सय ९६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीवनकुमार श्रेष्‍ठले तीन हजार एक सय ५२ मत प्राप्त गरेका छन् ।