Skip This
शक्ति मिलन समाजकी नातिसराले पाइन् ‘कमला भासिन अवार्ड’ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ११ आइतबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर ११ आइतबार १९:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शक्ति मिलन समाजकी नातिसराले पाइन् ‘कमला भासिन अवार्ड’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ११ आइतबार १९:o९:oo

एचआइभी संक्रमित महिलाका लागि काम गर्ने नातिसरा राईले कमला भासिन अवार्ड पाएकी छिन्। शक्ति मिलन समाजकी सहसंस्थापक तथा कार्यकारी निर्देशक राईले शनिबार उक्त अवार्ड पाएकी हुन्। 

कार्यकारी निर्देशक राईको संस्थाले एचआइभी संक्रमित महिलाहरूको शिक्षा, स्वास्थ्य, जीविकोपार्जका लागि सहयोग गर्दै आएको छ। 

१३ वर्षकै उमेरमा भारतमा बेचिएकी उनीसँगै तीनजना महिला मिलेर सन् १९९६ मा संस्था स्थापना गरेका थिए। एक लाख राशिको उक्त पुरस्कार उनीसँगै भारतकी यौनिक अल्पसंख्यक विद्या राजपुतले पनि पाएकी छिन्। 

भारतीय कवि, लेखक तथा महिला अधिकारकर्मी भासिनको सम्झनामा स्थापना गरिएको उक्त पुरस्कार दक्षिण एसियामा लैंगिक समानताका लागि काम गर्नेहरूलाई प्रदान गरिन्छ।