१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o९:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : गृहस्थ बन्ने कि साधु ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:३९:oo

शिक्षा समाप्तिपश्चात् एक व्यक्ति सन्त कबिरलाई भेट्न उनको आश्रममा पुगे । सन्तसितको भेटघाटपछि उनले प्रश्न गरे– मेरो मनमा दुईवटा प्रश्न आइरहेको छन्– शिक्षा समाप्त भयो, अब बिहे गरुँ कि सन्न्यास धारण गरुँ ? कृपया मलाई सही मार्ग देखाउनुहोस् । 

सन्त कबिरले भने– दुवै काम ठीक छन् । जे गर्ने हो, त्यो उच्चकोटिको होस् । आगन्तुकले प्रश्न गरे– कसरी हुन सक्छ त त्यस्तो उच्चकोटिको ? कबिरले भने– केही दिनमा सोचेर जवाफ दिनेछु । ती व्यक्ति हरेक दिन कबिर आश्रम धाउन थाले । एकदिन दिउँसोको १२ बजेतिर कबिर खुला र उज्यालो स्थानमा बसेर चर्खामा धागो कातिरहेका थिए । उनले पत्नीलाई टुकी बालेर ल्याउन आदेश दिए । पत्नीले कुनै प्रश्न नगरी तत्कालै बल्दो टुकी उनको नजिकै राखेर गइन् । टुकी बलिरह्यो, कबिर धागो कातिरहे । 

साँझतिर कबिरले ती व्यक्तिलाई एउटा पहाडमा लिएर गए । पहाडको निकै उचाइको कुटीमा एक वृद्ध साधु बस्थे । कबिरले तलैबाट ठूलो स्वरमा ती साधुलाई बोलाए । वृद्ध र बिरामी साधु मुस्किलले तल झरे । कबिरले प्रश्न गरे– साधु महाराज, तपाईंको आयु कति भयो ? साधुले जवाफ दिए– ८० वर्ष । यति जवाफ दिएर साधु मुस्किलले उकालो चढे र कुटीमा पुगे । कबिरले फेरि उनलाई तल बोलाए । साधु फेरि तल आए । कबिरले प्रश्न गरे– तपाईं कहिलेदेखि यहाँ बस्दै हुनुहुन्छ ? साधुले जवाफ दिए– ४० वर्षदेखि । फेरि ती साधु मुस्किलले माथि चढे र कुटीमा पुगे । 

कबिरले फेरि उनलाई तल बोलाए । साधु फेरि तल झरे । कबिरले प्रश्न गरे– महाराज, तपाईंका दाँत झरिसके कि बाँकी नै छन् ? साधुले जवाफ दिए– आधा झरिसके । साधु फेरि उस्तै शान्त भावमा उकालो चढे र कुटीमा पुगे । उनमा कुनै तनाव या आक्रोश थिएन । फर्किने समयमा कबिरले ती व्यक्तिसित भने– तिमी गृहस्थ बन्न चाहन्छौ भने त्यस्तो जीवनसाथी चयन गर, जसले विनाप्रश्न तिमीमाथि भरोसा गरोस्, कुनै तर्क या वितर्क नगरोस् । अनि, साधु बन्न चाहन्छौ भने यस्तै साधु बन, जसले कुनै क्रोध, शोक या अप्ठ्यारोमा पनि सहज जीवन बाँच्न सकोस् ।

ad
ad