१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुनसरी ३ : भगवतीको अग्रता कायमै, साढे ४ हजार मतले पछि परे गच्छदार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:३८:oo

सुनसरीको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमाले नेतृ भगवती चौधरीले अग्रता कायमै राखेकी छिन्। कांग्रेसका विजयकुमार गच्छदार भने साढे ४ हजार मतले पछि परेका छन्।
 
४३ हजार ३ सय ७७ मत गणना हुँदा चौधरीले १८ हजार ४५६ मत प्राप्त गरेकी छिन्। गच्छदारले भने १३ हजार ९३७ मत प्राप्त गरेका छन्। 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ५ हजार ६३१ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्। सुरुवाती अग्रता लिएका मैनालीलाई पछि पार्दै चौधरीले अग्रता लिएकी हुन्। अझै करिब ४२ हजार मतगणना हुन बाँकी छ।
 

ad
ad