१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १३:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कैलाली ५ मा कांग्रेसका पन्त विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:१o:oo

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन्। पन्तले नेकपा एमालेका नारदमुनि रानालाई एक हजार ७४ मतान्तरले पराजित गरेका हुन्। पन्त २१ हजार ३९२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी एमालेका रानाले २० हजार ३१८ मत ल्याएका छन्।

यहाँ प्रदेश सभाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। प्रदेश सभा १ मा माओवादी केन्द्रका रमेशसिंह धामीले एमालेका नेपालु चौधरीलाई एक सय २५ मतले हराए। धामीले नौ हजार ३८७ मत ल्याउँदा चौधरीले नौ हजार २६२ मत पाए।

यता, प्रदेश सभा २ मा कांग्रेसका प्रकाशबहादुर देउवा निर्वाचित भएका छन्। नौ हजार ५९१ मत पाएर देउवाले एमालेका दुर्गा जोशीलाई पराजित गरे। जोशीले छ हजार ३५१ मत पाए।

ad
ad