मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १७:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहा १ (क) मा १७१ मतान्तरले एमालेका थारू निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१६:oo

प्रदेशसभा सिरहा १ (क) मा नेकपा एमालेका राजेन्द्रप्रसाद चौधरी थारु एक सय ७१ मतान्तरले निर्वाचित भएका छन्। 

निर्वाचन अधिकृतको कार्यालय लहानका अनुसार बिहीबार अपरान्ह सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका थारु ११ हजार सात सय २१ मतसहित प्रदेश सभामा निर्वाचित भएका हुन्। 

थारुका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुनिलकुमार महतोले ११ हजार पाँच सय ५० मत ल्याएका छन् भने जनमत पार्टीका युगलकिशोर साह तीन हजार छ सय ८२ मतसहित तेस्रो स्थामा रहे। 

कुल ४९ हजार पाँच सय नौ मतदाता रहेको प्रदेशसभा १ ‘क’ मा कुल खसेको ३२ हजार एक सय ५७ मध्ये ३० हजार आठ सय ५४ सदर र एक हजार तीन सय तीन मत बदर भएको सूचना अधिकारी अनिल रेग्मीले जानकारी दिए।