Skip This
अछाममा भत्कियो एमालेको गढ, दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Tuesday, 11 August, 2026
२o७९ मङ्सिर ७ बुधबार २o:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा भत्कियो एमालेको गढ, दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार २o:o८:oo

अछाम जिल्लाका दुईवटै प्रतिनिधिसभामा सत्तागठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर र क्षेत्र नम्बर २ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी भएका हुन्। कुँवर र शाहले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवारलाई फराकिलो मतान्तरले जितेका हुन्। 

अछाम जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट श्रममन्त्री शेरबहादुर कुँवर ४,४८९ मतान्तरले विजयी भएका हुन्। कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत हुन्। कुँवरले १९,५३४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका झपट बोहराले १५ हजार ४५ मत पाएका छन्।

पार्टीले टिकट नदिँदा रुष्ट बनेका एमाले नेता भीम रावल चुनावी प्रचारमा समेत जिल्ला नपुग्दा एमालेले नराम्रोसँग क्षति व्यहोर्नु परेको छ। रावल भोट हाल्न मात्रै जिल्ला पुगेका थिए। पार्टी विभाजन हुँदा उम्मेदवार झपट बोहोरा एमाले प्रवेश गरेका थिए। 

अछाम २ मा २३ वर्षपछि एमालेको गण भत्किएको छ। यो क्षेत्रमा लगातार हार व्यहार्दै आएको कांग्रेसले योपटक सत्तागठबन्धन दलहरूको समर्थनमा एमालेको गण भत्काएको हो।

यहाँ प्रतिनिधिसभा सदस्यमा कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह ७,०२० मतान्तरले विजयी भएका छन्। उनले २२,९५४ मत ल्याउँदा एमालेका यज्ञबहादुर बोगटीले १६,११४ मत ल्याए।

यसअघि ०७४ को चुनावमा दुवै नेता आमनेसामने थिए। त्यतिवेला बोगटी विजयी भएका थिए। यसपटक भने अछाम १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी शेरबहादुर कुँवर र क्षेत्र नम्बर २ बाट पुष्पबहादुर शाह निर्वाचित भएका छन्।