Read Time : < 1 मिनेट
२o८१ बैशाख ३१ सोमबार o८:१२:oo
मत पेटिकाको सिल नम्बर फरक पाइएको आशंकापछि विवाद भएर रोकिएको सप्तरी क्षेत्र नम्बर २ को मतगणना कार्य पुनः सुचारु भएको छ ।
दलका प्रतिनिधिलाई आशंका रहेको कुरा स्पष्ट पारेर बुधवाबार बिहानबाट पुनः मतगणना कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी कुमार मास्केले जानकारी दिए ।
‘५० औं मतपेटिकामा खसेको मतको गणना कार्य थालिएको छ’ उनले भने, ‘अब २३ वटा मतपेटिका बाँकी छन्, १२र१ बजेसम्म अन्तिम नजिता आइसक्नेछ ।’ मंगलबार साँझ सवा ९ बजेतिर मतगणना कार्य जारी रहँदा मत पेटिकाको सिल नम्बर फरक देखिएको भन्दै दलका प्रतिनिधिहरुले प्रदर्शन गरेपछि मतगणना कार्य रोकिएको थियो ।