Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १० शुक्रबार
  • Friday, 24 March, 2023
२०७९ मङ्सिर ५ सोमबार २१:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुपन्देही ४ को मतगणना रोकियो, लोसपाको अग्रता कायमै

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार २१:०७:००

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ। मतगणना गर्ने क्रममा देखिएको सदर र बदर मतको विषयमा विवाद हुँदा केही समय मतगणना रोकिएको हो।

क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको लागि चार हजार ८ सय ४३ मत गणना भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताए। जसमा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले  साइकल चुनावचिह्नमा एक हजार ८ सय ८३ मत प्राप्त गरेका छन्।

त्यसैगरी, नेपाली कांग्रेसका प्रमोद यादवले रुख चिह्नमा १ एक हजार तीन सय ४० मत प्राप्त गरेका छन्। जनमत पार्टीका भोपेन्द्र यादवले लाउड स्पिकर चिह्नमा एक हजार ३३ मत प्राप्त गरेका छन्। विवाद देखिएको विषयमा सर्वदलीय बैठक बसी सहमतिको प्रयास भएको र केही समयमै मतगणना सुरु हुने आचार्यले बताए।