१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १ बिहीबार १९:०७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एभरेष्ट बैंकद्वारा बिरौटामा १२२औँ शाखा उद्घाटन

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १ बिहीबार १९:०७:००

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउनका लागि बिरौटा पोखरामा आफ्नो १२२ औँ शाखा उद्घाटन गरेको छ।

उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा योजानविद् डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रूपमा गरेका छन्।

उक्त उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, भारतीय पेन्सन क्याम्पका सह–महासेनानी शशांक त्रिपाठी, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधीर गौतम तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

सो उद्घाटन समारोहमा अर्थविद् डा. गणेश गुरुङले पन्जाब नेसनल बैंक भारतसँग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने तथा नेपाल सरकारको राजस्व संकलन गर्नु र बैंकिङ क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरूका साथै स्थानीय बासिन्दालाई बैंकिङ कारोबारमा थप सहज हुने कुरा व्यक्त गरे।