काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य बाबुराम गौतमको निधन भएको छ। उनकाे निधनप्रति एमालेले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
२००२ सालमा गुल्मीको थोर्गामा जन्मिएका गौतमले ०२३ सालमा पुष्पलालबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए । उनले बाँके र नेपालगन्जलाई कर्मथलो बनाएर कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका थिए । भूमिगत कालमा विभिन्न पार्टी जिम्मेवारी सम्हालेका गौतम ०७४ सालको निर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
एमालेले गौतमको निधनबाट पार्टीले निष्ठावान् अभिभावक र देशले सच्चा जनसेवक गुमाएको उल्लेख गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।