साउदी अरेबियाकाे ड्रोन आक्रमणमा परी नेपालीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

बिहिबार, ६ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडाैं । साउदी अरेबियाको सायबाह तेल क्षेत्रमा हिजो ड्रोन आक्रमणलाई अवरोध गर्ने क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको दुःखद निधन भएको घटनाप्रति नेपालले गहिरो दुःख व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी  गरेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। मन्त्रालयले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट शब्दमा निन्दा गरेको छ।

आफ्नो सैद्धान्तिक अडान दोहोर्याउँदै नेपालले विवादहरूको शान्तिपूर्ण समाधानका लागि संवाद, वार्ता र कूटनीतिक पहललाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ।

सुझावित समाचार