९१५ किलो गाँजासहित सुनसरीबाट चारजना पक्राउ

आइतबार, २ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका– ४, हनुमान मन्दिरनजिकै ज्ञानोदय टोलबाट ९१५ किलो ६८ ग्राम गाजाँ बरामद भएको छ। गएराति साढे १ बजेतिर स्थानीय बुलबुल यादवको घरबाट प्रहरीले गाँजा बरामद गरेको हो।

विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले प्र.१–०२–००१ प ९१९९ नम्बरको मोटरसाइकल र गाँजासहित चारजनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका– ४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका– १० का २२ वर्षीय कुन्दन यादव रहेका छन्।

बरामद गाँजा र मोटरसाइकलसहित चारैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

सुझावित समाचार