मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:३४:oo
Read Time : < 1 मिनेट
समाचार

संवादका लागि सेनाले समन्वय गर्ने, आजैदेखि सुरक्षाको कमान्ड लिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:३४:oo

आन्दोलनपछिको अवस्थाबारे संवाद गर्न नेपाली सेनाले समन्वय गर्ने भएको छ। प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार भिडियो सन्देश जारी गरी वार्ताका लागि आह्वान गरेका छन्। संवादको नेतृत्व लिने गरी सेनाले पहल लिंदै वार्ताका लागि आह्वान गरेको हो।

राष्ट्रपतिसँग समन्वय गरी सेनाले यस्तो आग्रह गरेको हो। आन्दोलनका लागि सघाइरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि सेनाप्रमुखसँग वार्ता गर्न तयार रहन मंगलबार दिउँसो नै आह्वान गरेका थिए। 

उता, सेनाले सुरक्षा अवस्था आजै राति १० बजेदेखि नियन्त्रणमा लिने सूचना जारी गरेको छ । लुटपाट र आगजनी नियन्त्रण नभएको भन्दै सेना खटिन लागेको हो। अवस्था हेरेर थप निर्णय लिइने सेनाको सूचनामा उल्लेख छ।