मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २४ मंगलबार १९:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल टेलिकमको आग्रह-यो कम्पनीको सम्पत्ति नेपाली जनताको हो, संरक्षण गरिदिनू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १९:२२:oo

नेपाल टेलिकमले सो कम्पनीको सम्पत्ति नेपाली जनताकै रहेको स्पष्ट पार्दै क्षति नगरिदिन आग्रह गरेको छ।

टेलिकमले एक सूचना जारी गर्दै भनेको छ, 'नेपाल टेलिकम नेपालमा दूरसञ्चार सेवाको विकास र विस्तारमा निरन्तर लागिरहेको सार्वजनिक संस्था भएको र नेपाली जनताको ुआफ्नै साझा सम्पत्ति रहेको सर्वविदितै छ।'

कम्पनीले राष्ट्रिय विपत्ति तथा अत्यावश्यक समयमा समेत सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै टेलिकमले भनेको छ, '...यस कम्पनीको भौतिक सम्पत्ति समेत सम्पूर्ण नेपाली जनताको सम्पत्ति भएको हुनाले यस कम्पनीप्रति सद्‌‌भाव राख्नुहुन तथा संरक्षण गरिदिनुहुन सम्पूर्णमा नेपाल टेलिकम हार्दिक अनुरोध गर्दछ।'