मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
श्रवण थापा सर्लाही
२o८२ भदौ २४ मंगलबार १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १४:४४:oo

जेन–जी समूहको आन्दोलन उग्र बन्दै गएपछि सर्लाहीको लालबन्दीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ । 
मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले दिउँसो एक बजेबाट अर्को सूचना नभएसम्मको लागि कर्फ्यु आदेश गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको हस्ताक्षर रहेको सूचनामा भनिएको छ, ‘जेन–जी समूहको आन्दोलनका कारण लालबन्दी नगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्ति  तथा अन्य जनधनको क्षति हुन सक्ने अवस्थाको आकलन गर्दै अर्को सूचना नभएसम्मको लागि कर्फ्यु आदेश गरिएको छ ।’ 

कर्फ्यु आदेशपछि लालबन्दी नगरपालिकाको पूर्वमा लालबन्दी फुटबल मैदान, पश्चिममा लखन्देही खोला, दक्षिणमा जब्दी खोला/जुटपानी र उत्तरमा बाहुनी खोला तथा जनता उच्चमावि नवलपुर क्षेत्रभित्र कुनै पनि गतिविधि गर्न नपाइने सूचनामा उल्लेख छ ।

यस सीमा क्षेत्रभित्र हिँडडुल गर्न, भेला हुन, ओहोर–दोहोर गर्न एवं कुनै प्रकारका उच्छृंखल गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा(६) क बमोजिम कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको हो । अदेशलाई अवज्ञा गरे सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गरी कारबाही गर्नेसमेत सूचनामा चेतावनी दिइएको छ ।