
देशको अवस्था सुरक्षा निकायको नियन्त्रणबाहिर गएको छ। सुरक्षाकर्मीले हात उठाएपछि प्रदर्शनकारी सिंहदरबार र संसद् भवनभित्र प्रवेश गरेका छन्। संसद् भवनमा आगजनी भएको छ । आगोले सिंगो भवन जलिरहेको छ।
भिड थेग्न नसकेपछि सुरक्षाकर्मीले हात उठाएका हुन्। भैँसेपाटीस्थित मन्त्रीनिवास पनि प्रदर्शनकारीले जलाएका छन् । सुरक्षा निकाय भिआइपीहरूको सुरक्षामा केन्द्रित भएका छन्। उनीहरूलाई हेलिकोप्टरमा सुरक्षित स्थानमा राखिएको छ। राष्ट्रपति भवन र प्रधानमन्त्री निवासअगाडिको सडक बन्द गरेर ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
देश नियन्त्रणमा लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्।