मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कर्फ्युका कारण आज सेयर बजार बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:o२:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (भदौ २४)का लागि सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरेको छ। नेप्सेले जारी गरेको सूचनाअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते बिहान ८:३० बजेदेखि चक्रपथभित्र कर्फ्यु आदेश जारी गरेपछि कारोबार सदस्य तथा लगानीकर्ताहरूबाट समेत बजार स्थगनको अनुरोध आएको थियो।

सो अनुरोधलाई मध्यनजर गर्दै सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार आजका लागि सबै कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ।

गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौंमा कर्फ्यु लागू भएपछि सर्वसाधारण आवतजावतमा रोक लागे पनि बजारमा पुनः कारोबार कहिले सुरु हुने भन्नेबारे नेप्सेले थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।