मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सरकारबाट फिर्ता हुनुपर्छ : गगन थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:५४:oo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यतिवेलाको परिस्थितिको थप साक्षी र साझेदारका रूपमा कांग्रेस पार्टी नहुने बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै महामन्त्री थापाले  सरकारबाट कांग्रेस तत्काल फिर्ता हुनुपर्ने बताए ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रातभर सुत्न सकिनँ । मजस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रूर दृश्य आँखाअगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अविलम्ब पद छोड्नुपर्छ । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु। ’