Skip This
रुसले पहिलोपटक गर्‍यो युक्रेनको सरकारी भवनमा हमला
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
२o८२ भदौ २३ सोमबार ११:१४:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

रुसले पहिलोपटक गर्‍यो युक्रेनको सरकारी भवनमा हमला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार ११:१४:oo

रुसले पहिलोपटक युक्रेनको सरकारी भवनमा हमला गरेको छ । रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणपछि युक्रेनको राजधानी किभमा कम्तीमा तीनजनाको मृत्यु हुनुका साथै ४४ जना घाइते भएका छन् । आक्रमणपछि सरकारी कार्यालयसहित दर्जनौँ भवनमा आगजनी भएको अधिकारीहरू बताएका छन् । युक्रेनले आइतबार राति रुसले ८०५ ड्रोन र १३ क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ । यो पूर्णस्तरीय आक्रमणपछिको सबैभन्दा ठुलो हमला हो ।

आक्रमणमा ठुलो भौतिक क्षति भएको युक्रेनको वायु सेनाका प्रवक्ता युरी इहनाटले बताए । प्रहार गरिएकामध्ये ७५१ वटा ड्रोनलाई खसालिएको वायुसेनाले दाबी गरेको छ । आक्रमणको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निन्दा गरेका छन् । रुसलाई उपयुक्त समयमा उचित जवाफ फर्काउने जेलेन्स्कीले चेतावनी दिएका छन् ।

आइतबार बिहान भएको आक्रमणमा एक शिशु, एक युवती र अर्का एक वृद्धाको मृत्यु भएको र सहरको पश्चिम र पूर्वमा रहेका धेरै अग्ला भवनमा आगो लागेका रोयटर्स समाचार एजेन्सीले किभका मेयर भिटाली क्लिटस्कोलाई उद्धृत गर्दै जनाएको छ । किभका सहर प्रशासनका प्रमुख टिमुर तकाचेन्कोले उद्धारकर्ताले एक वर्षको बच्चाको शव भग्नावशेषबाट निकालेको पुष्टि गरे ।

रातभरको आक्रमणमा नष्ट भएका ड्रोनको भग्नावशेषबाट चारतले अपार्टमेन्ट भवनमा आगो लागेको थियो ।ड्रोनको भग्नावशेषका कारण किभको पश्चिममा रहेको स्वियातोसिन्स्की जिल्लामा रहेको १६ तले र दुईवटा नौतले भवनमा आगलागी भएको थियो । प्रत्यक्षदर्शीहरूले रोयटर्सलाई बताएअनुसार उनीहरूले सहर हल्लाउने शृंखलाबद्ध विस्फोट सुनेका थिए । युक्रेनी समाचार वेबसाइट किभ इन्डिपेन्डेन्टले पनि आक्रमणपछि सहरको डार्नित्स्की जिल्लाको आश्रयस्थलमा एक वृद्ध महिलाको मृत्यु भएको रिपोर्ट गरेको छ, यद्यपि उनको मृत्युको कारण तुरुन्तै स्पष्ट भएको छैन ।

राज्य आपत्कालीन सेवाले किभमा कम्तीमा एकजनाको मृत्यु र १८ जना घाइते भएको पुष्टि गरेको छ । आक्रमणपछि युक्रेनको मन्त्रिपरिषद्को छतबाट धुवाँ निस्केको थियो ।