मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format oo:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद

एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format oo:१४:oo

एकदिवसीय क्रिकेट प्रतिस्पर्धामा नयाँ कीर्तिमान बनेको छ । दक्षिण अफ्रिका र इंग्ल्यान्डबिच भएको तेस्रो एकदिवसीय खेलमा सबैभन्दा धेरै रनले हारजित हुने कीर्तिमान बनेको हो ।

सो खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ३४२ रनले पराजित गर्‍यो । एकदिवसीय क्रिकेटमा यो सबैभन्दा ठुलो  अन्तरको जित  हो । यसअघि यस्तो कीर्तिमान भारतको नाममा थियो । उसले सन् २०२३ मा श्रीलंकालाई ३१७ रनले पराजित गरेको थियो ।

आइतबार साउथम्पटनमा भएको खेलमा पहिले ब्याटिङ गरेर इंग्ल्यान्डले पाँच विकेट गुमाएर ४१४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका ७२ रनमा अलआउट भयो । यो कीर्तिमानी जितका लागि इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले महत्त्वपूर्ण चार विकेट लिए । 

अन्तिम खेलमा दक्षिण अफ्रिकाले लज्जास्पद पराजय व्यहोरे पनि सिरिज भने उसले २–१ ले जितेको छ।