मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १७ मंगलबार
  • Tuesday, 02 September, 2025
पुष्पराज अवस्थी र निरन्ञ्जन प्रशाद भट्ट
मोहन विष्ट कञ्चनपुर
२o८२ भदौ १७ मंगलबार १o:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्माण व्यवसायी संघ कञ्चनपुरमा अवस्थी र भट्ट प्यानल चुनावी मैदानमा 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ भदौ १७ मंगलबार १o:३o:oo

निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व र पदाधिकारीका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन्। आउँदो २१ भदौ शनिबार हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औँ कार्यसमितिका लागि पुष्पराज अवस्थी र निरञ्जनप्रसाद भट्ट प्यानल चुनावी मैदानमा उत्रिएका हुन्।

संघका निवर्तमान अध्यक्षसमेत रहेका भट्ट र पूर्ववरिष्ठ उपाध्यक्ष अवस्थी छुट्टाछुट्टै प्यानल घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन् ।यसअघि १४औँ कार्यसमितिका लागि भएको निर्वाचनमा भट्टसँग अवस्थी ४२ मतको अन्तरले पराजित भएका थिए । यसपटक अवस्थी र भट्ट दुवै नेतृत्व बाजी मार्नका  लागि दौडधुपमा जुटेका हुन्। 

वरिष्ठ उपाध्यक्षका लागि भट्ट प्यानलबाट देवबहादुर चन्द र अवस्थीबाट अमरबहादुर बम, उपाध्यक्षका लागि भट्ट प्यानलबाट दीपक भट्ट अवस्थी प्यानलबाट यज्ञराज बैज, महासचिवका लागि अवस्थी प्यानलबाट देवीदत्त भट्ट, भट्ट प्यानलबाट योगेन्द्रबहादुर ठगुराठी, सचिवका लागि भट्ट प्यानलबाट तेजबहादुर चन्द र अवस्थी प्यानलबाट गोरेसिंह ऐर, सहकोषाध्यक्षमा भट्ट प्यानलबाट हेमराज महरा र अवस्थी प्यानलबाट चित्र कार्की चुनावी मैदानमा होमिएका छन्।

भट्ट र अवस्थी दुवै प्यानलले निर्माण व्यवसायीका हकहितका एजेन्डा लिएर मतदाताहरूसँग भेटघाट तीव्र पारेका हुन् । १४औँ कार्यसमिति नेतृत्वका लागि नै भिडेका पुरानै अनुहार फेरि १५औँ निर्वाचनमा देखिएपछि रोचक भिडन्त हुने आकलन गरिएको छ । 

२८ वर्षदेखि निर्माण व्यवसाय गर्दै आएका अवस्थी सदस्य, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको दौडमा छन्  भने ३२ वर्षदेखि निरन्तर निर्माण व्यवसाय  गर्दै आएका भट्ट पनि सदस्य हुँदै सिधै वरिष्ठ उपाध्यक्ष र अध्यक्ष भएर पुनः अध्यक्षकै दौडमा छन् ।

वाइआर कन्स्क्ट्रसन प्रालिका सञ्चालकसमेत  रहेका अध्यक्षका उम्मेदवार निरञ्जनप्रसाद भट्टले आफ्नो प्यानल वर्तमान सत्ता गठबन्धन (कांग्रेस, एमाले)निकट विचार राख्ने युवा निर्माण व्यवसायी बताउँदै उनले आफ्नो अघिल्लो कार्यकालमा आमव्यवसायीका क्षेत्रमा काम गर्दै आएको मुल्यांकन गर्दै अहिले फेरि नेतृत्वमा आउन चाहेको बताए । ‘मैले विगतमा संकट, समस्यामा परेका व्यवसायीको हकहितका  साथै पेसागत सुरक्षाका  लागि गरेको कामको आमनिर्माण व्यवसायीले मूल्यांकन गर्नुभएकाे छ,’ उनले भने, ‘अहिले  पनि उहाँहरूले नै मलाई अघि सार्नुभएकाे छ, फेरि आमव्यवसायीका लागि सहयोग गर्छु ।’ 

विगतमा  भुक्तानी नपाएका व्यवसायीहरूको हकहितका लागि आफ्नो नेतृत्वको निर्माण व्यवसायी संघले संस्थागत रूपमा  पहल गर्दै तुरुन्तै भुक्तानी दिलाउनेदेखि निर्माण व्यवसायी र कर्मचारीबिच देखिएको विवाद पनि निरुपण गरेको बताए । आफू फेरि अध्यक्ष पदमा दोहोरिने मूल कारण थप निर्माण व्यवसायीहरूको हकहितका लागि भएको घोषणा गरेका छन् । भट्टले आफ्नो प्यानललाई पूर्वअध्यक्षहरूले साथ समर्थन दिएको बताउँदै जित सुनिश्चित भएको दाबी गरेका छन् । 

कञ्चन राष्ट्रिय निर्माण कम्पनीका सञ्चालकसमेत रहेका अध्यक्षका उम्मेदवार पुष्पराज अवस्थीले आफ्नो प्यानल कुनै दलनिकट नभई समग्र निर्माण व्यवसायीहरूको हकहितका लागि काम गर्ने विशुद्ध निर्माण व्यवसायीहरू सम्मिलित प्यानल भएको बताएका छन् । अवस्थीले आमव्यवसायीहरूको हकहितका लागि काम गर्नकै लागि नेतृत्वमा  जान चाहेको बताए।

 

छुटाउनुभयो की ?