मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १७ मंगलबार
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १७ मंगलबार १o:२९:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १७ मंगलबार १o:२९:oo

सन् १९४६ : ब्रिटिस शासनबाट स्वतन्त्र भएपछि सन् १९४६ मा भारतमा अन्तरिम सरकार गठन भयो । संक्रमणकाल व्यवस्थित गर्न अन्तरिम सरकारलाई जिम्मा दिइएको थियो । अन्तरिम सरकारको नेतृत्व जवाहरलाल नेहरूले गरेका थिए ।

सन् १६६६ : भीषण आगलागीले लन्डन सहर ध्वस्त पारेको थियो । ग्रेट फायर अफ लन्डनसमेत भनिने सो आगो स्थानीय बेकरीबाट फैलिएको थियो । चार दिनसम्म लागेको आगोबाट सहरका अधिकांश घर र वासस्थान नष्ट भएका थिए ।

सन् १७५२ : बेलायतले पहिलोपटक जर्जियाली क्यालेन्डर चलनचल्तीमा ल्याएको थियो । पश्चिमेली क्यालेन्डरसमेत भनिने सो क्यालेन्डर पश्चिमा मुलुकमा आजभोलि सर्वत्र प्रयोग हुन्छ । यसअघि बेलायतले जुलियन क्यालेन्डर प्रयोग गथ्र्यो । नयाँ क्यालेन्डरको प्रयोगसँगै बेलायतको ११ दिन हराएको थियो । सेप्टेम्बर २ पछि एकैपटक सेप्टेम्बर १४ सुरु भएको थियो ।

सन् १७८९ : अमेरिकामा खर्चसम्बन्धी छुट्टै मन्त्रालय खडा गरिएको थियो । मन्त्रालयले सरकारको राजस्व र खर्च व्यवस्थापन गर्ने जिम्मा पाएको थियो । अलेक्जेन्डर ह्यामिल्टनले पहिलोपटक सो मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

छुटाउनुभयो की ?