मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १२ बिहीबार १९:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालापानी–लिपुलेकबारे भारतसँग सिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार १९:२४:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलोपटक सिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको बताएका छन्। विराटनगरमा १ नं प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका थिए।

अध्यक्ष प्रचण्डले भने, ‘म पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरी इतिहासमा पहिलोपटक मेरो नेतृत्वमा रहेको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादबाट समाधान गरिन्छ भनेर सार्वजनिक घोषणा गराएको हो। यो कुरा तपाईंहरूले पनि बुझ्नुपर्‍यो । तल जनतालाई पनि बुझाउनुपर्‍यो।’

आफूले प्रधानमन्त्रीको रूपमा भारत भ्रमणको सन्दर्भमा भारतका प्रधानमन्त्रीसँग औपचारिक तथा सार्वजनिक रूपमा कालापानी, लिपुलेकजस्ता सीमा समस्या समाधानका लागि गरेको प्रयासलाई अहिलेको सरकारले अगाडि बढाउनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो। ‘प्रधानमन्त्रीका रूपमा मैले गरेका सकारात्मक काम जनतालाई जानकारी दिनु पार्टीका कार्यकर्ताहरूको जिम्मेवारी हो, हाम्रै साथीहरूले हाम्रै उपलब्धिहरू नबोल्दा विकृति आउँछ भन्ने बुझ्न जरुरी छ।’

प्रचण्डले पार्टीभित्र आलोचना र आत्मसमिक्षाको आवश्यकतामा जोड दिँदै वैचारिक अराजकता र अनुशासनहीनताले संगठनमा चुनौती उत्पन्न भएको समेत बताए। उनले प्रदेशका नेताहरूले राखेका सुझाव र चिन्ताहरूलाई गम्भीरतापूर्वक लिएको बताउँदै पार्टीले ठूलाठूला चुनौतीको सामना गर्नुपर्ने हुनसक्ने बताए।

पार्टी विभाजनपछि पुनः मूलधारमा फर्किएका नेताकार्यकर्ताहरू अनुभव र आत्मसमिक्षासहित पार्टीमा फर्किएकाले उनीहरुलाई स्वागत गर्न हिच्किचाउन नहुने बताउँदै प्रचण्डले होच्याउने, हेलाँ गर्नेजस्ता काम नगर्न निर्देशन दिए।