मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १२ बिहीबार o७:२७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा यू–१६ युथ लिगमा श्री भगवतीको सानदार जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार o७:२७:oo

श्री भगवती क्लबले एन्फा यू–१६ युथ लिगमा बुधबार सातदोबाटो युथ क्लबमाथि ६–२ को सानदार जित दर्ता गरेको छ । जितसँगै १५ खेलमा १७ अंक जोडेको श्री भगवती नवौँ स्थानमा उक्लिएको छ । १५ वटै खेलमा पराजित सातदोबाटो अंकविहीन छ । श्री भगवतीलाई जित दिलाउन निशान्त थनेटले दुई गोल गरेका थिए ।

आर्यन भण्डारी, सरुण महतो, सरिन थिङ र दीपेश शाहीले समान एक गोल गरे । सातदोबाटोका लागि सर्जकध्वज थापा र अश्विन पौडेलले गोल फर्काए । खेलको ८७औँ मिनेटमा मुक्सन राईले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेपछि सातदोबाटो १० खेलाडीमा समेटिएको थियो । अर्को खेलमा फ्रेन्ड्सले पुलिसलाई २–१ ले पराजित गर्‍यो ।