मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली चीन जाँदै, पाँचदिने भ्रमणतालिका सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४५:oo

प्रधानमन्त्री केपी शर्मा ओली चीनमा आयोजना हुने सांघाई कोअपरेसन अर्गनाइजेसन (एसिओ)को सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ जाने भएका छन्।

चीनको तियान्जिन शहरमा एससीओ र एससिओ प्लसको शिखर सम्मेलन आयोजना हुँदै छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रधानमन्त्रीको चीन भ्रमणको कार्यतालिका र टोली सदस्यहरूको नाम सार्वजनिक गरेको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेकाे परराष्ट्रले जनाएको छ। बुधबार स्वदेश फर्कनुअघिसम्म प्रधानमन्त्री ओलीले जापानविरुद्धको चिनियाँ युद्ध विजयको ८०औँ वार्षिकोत्सवका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्रीको टोलीमा उनकी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, संघीय सांसद पूर्णबहादुर खड्का र छविलाल विश्वकर्मा तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, परराष्ट्रका कर्मचारी सहभागी हुनेछन्।

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच तियान्जिनमा भेटवार्ता तय भएको परराष्ट्रले जनाएको छ। प्रधानमन्त्री ओलीले सोमबार तियान्जिनमा आयोजना हुने एससिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। ‘शिखर सम्मेलनको अवसरमा सहभागी अन्य राष्ट्रप्रमुखहरूसँग पनि प्रधानमन्त्री ओलीले भेटवार्ता गर्नुहुनेछ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री ओलीले बेइजिङमा मंगलबार चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले बुधवार बेइजिङमा आयोजित जापानी आक्रमणविरुद्ध चिनियाँ जनताको युद्ध र फासीवाद युद्धमा विजयको ८०औँ वार्षिकोत्सवको स्मृतिमा आयोजित सैन्य परेडमा सहभागी हुने परराष्ट्रले जनाएको छ।  प्रधानमन्त्री ओली त्यसै दिन स्वदेश फर्किनेछन्।