मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 26 August, 2025
Invalid date format १o:३३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अफ्रिकालाई वास्तविक आकारमा देखाउन आवश्यक 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३३:oo
  • विश्वको नक्सामा ग्रिनल्यान्डलाई करिब अफ्रिकाजत्रै देखाइए पनि वास्तविकतामा भने अफ्रिका ग्रिनल्यान्डभन्दा १४ गुणा ठुलो छ

अफ्रिकी संघले विश्वको सबैभन्दा लोकप्रिय नक्सालाई आफ्नो महादेशको आकारलाई वास्तविक रूपमा देखाउने नक्साबाट विस्थापित गर्नुपर्ने माग राखेको छ । यो माग सरकार प्रमुखबाट भन्दा भूगोल विभागबाट आउनुपर्ने हो जस्तो लाग्न सक्छ । तैपनि, राजनीतिमा, प्रतीकहरूले ठुलो अर्थ राख्छन् । हाल आम प्रचलनमा रहेको ‘मारकाटोर प्रोजेक्सन’ नक्सा १६औँ शताब्दीमा बनाइएको थियो । यो नक्सा युरोपेली नाविकलाई विश्वका कुना–कुना गएर ती ठाउँमाथि विजय र व्यापार गर्ने बाटो पहिल्याउन उपयोगी रह्यो । साथसाथै, यसले शताब्दीयौँदेखि हामीले संसारलाई कसरी हेर्छौं भन्ने कुरालाई नजानिँदो गरी आकार दिएको छ ।

उच्च अक्षांशहरूलाई वास्तविकताभन्दा बढि तन्काएर र भूमध्यरेखीय क्षेत्रलाई खुम्च्याएर देखाउने मर्केटर प्रोजेक्सनले पाँच महादेशलाई वास्तविकताभन्दा भिन्न आकारमा देखाउँछ । यस नक्साले युरोप र उत्तरी अमेरिका महादेशलाई यथार्थभन्दा बढी ठुलो देखाउँछ । जबकि अफ्रिका र दक्षिण अमेरिका भने तिनको आकारभन्दा साना देखिन्छन् । यस नक्सामा कुनै भूमिको आकार कति धेरै तोडमोड गरिएको छ भनेर ग्रिनल्यान्ड एउटा उदाहरण हो । मर्केटर प्रोजेक्सनमा ग्रिनल्यान्ड करिब अफ्रिकाजत्रै देखिन्छ । जबकि वास्तविकतामा भने अफ्रिका ग्रिनल्यान्डभन्दा १४ गुणा ठुलो छ । यो नक्साले उत्तरी क्षेत्रको जमिनलाई ठुलो र केन्द्रमा देखाउन खोज्दा दक्षिणको जमिन भने परिधीय रूपमा खुम्चेको छ ।

नक्साको प्रयोग समुद्री ढुवानीमा मात्र सीमित भएको भए यस्तो तोडमरोड सायद क्षमायोग्य हुने थियो । तर, पुस्तौँदेखि नीति–निर्माता र बालबच्चाका लागि विश्वको प्रतिनिधित्व गर्ने यो नक्साले शक्तिशालीको बढाइचढाइ गर्ने र बाँकीलाई कमजोर देखाउने काम गरेको छ । शिक्षाविद् मार्क मोनमोनियरले आफ्नो पुस्तक ‘रुम लाइन्स एन्ड म्याप वार्स’मा साम्राज्यहरू कक्षाकोठाका नक्साले भन्दा राजनीति र अर्थशास्त्रमार्फत सञ्चालित थिए भन्ने तर्क गरेका थिए । यही तर्कलाई समातेर आलोचकले पनि ‘मर्र्केटर प्रोजेक्सन’लाई पश्चिमी साम्राज्यवादको हतियारका रूपमा ‘अनावश्यक’ बढी बहसमा ल्याइएको बताउने गर्छन् । हुन त औपनिवेशिक शक्तिलाई आफ्नो औचित्य पुष्टि गर्न नक्साको आवश्यकता पर्दैन । 

तथापि, नक्साले यसको विश्वदृष्टिकोणलाई स्वीकार्य बनाउन निश्चित नै मद्दत गर्छ । ‘मर्केटर प्रोजेक्सन’भन्दा राम्रा विकल्प पहिल्यैदेखि विद्यमान छन् । यसमा, सन् २०१८ मा पहिलोपटक सार्वजनिक भएको ‘इक्वेल अर्थ प्रोजेक्सन’ पछिल्लो उदाहरण हो । यसले मर्केटरको दृश्यात्मक विन्यासलाई कायम राख्दै भूमिहरूको सटिक क्षेत्रफल प्रदान गर्छ । त्यसअघि पनि वास्तविक क्षेत्रफल प्रस्तुत गर्ने प्रयास भएका थिए । तिनमा ‘गुड होमोलोसिन’ वा ‘पिटर्स प्रोजेक्सन’ले मर्केटर प्राजेक्सनका गल्ती सम्बोधन गर्ने कोसिस गरेका थिए । तथापि, उल्लिखित कुनै पनि नक्सा पूर्ण भने छैनन् । हुन पनि गोलाकार पृथ्वीलाई समतल रूपमा प्रतिनिधित्व गर्न केही कुरामा सम्झौता गर्नैपर्ने हुन्छ । यसमा पूर्णता होइन, इमानदारी बढी महŒवपूर्ण हुन्छ । र, इमानदारीका लागि नक्सामा भएका विकृतिलाई स्विकारिनु आवश्यक हुन्छ । 

मर्केटर प्रोजेक्सनले सटिक क्षेत्रफल प्रस्तुत नगर्ने विषय लामो समयदेखि बहस थियो । तर, सो बहस सानो प्राज्ञिक समूहमा सीमिति थियो । आरोन सोर्किनको टिभी सो ‘वेस्ट विंग’ले यस विषयलाई आममानिसमाझ लोकप्रिय बनाइदियो । सन् २००१ मा पहिलोपटक प्रसारण भएको त्यस सोको एक चर्चित दृश्यमा नक्साकारको एक समूहले ‘ह्वाइट हाउस’का प्रेस सचिवलाई ‘मर्केटर प्रोजेक्सन’ले पुस्तौँदेखि मानिसलाई ग्रिनल्यान्ड झन्डै अफ्रिकाबराबर रहेको भ्रम सिर्जना गरिदिएको बताउँछन् । हुनत टिभी सोमा यसलाई हास्य रूपमा प्रस्तुत गरिएको छ, तैपनि यसले गम्भीर सत्य इंगित गर्छ ।

गलत नक्साले कहिलेकाहीँ हामीलाई गलत निष्कर्षमा पुर्‍याउने जोखिमसमेत हुन्छ । अर्थात्, यसको प्रभाव बृहत्तर हुन्छ । व्यवसायमा होस् वा राजनीतिमा, सत्यविनाको दृष्टिकोण काल्पनिक हुन्छ । ‘वेस्ट विंग’को उल्लिखित दृश्य पनि नेतृत्वको चरित्रबारे नै केन्द्रित थियो । भनाइ नै छ, महान् नेताहरूको सफलताका लागि भविष्यको कल्पनाले मात्र पुग्दैन, वर्तमानको स्पष्टता पनि अवश्यक हुन्छ । र, स्पष्टता तथ्यहरूले ल्याउँछन्, पुरानो पूर्वाग्रहको विकृतिबाट होइन । 

‘मर्केटर प्रोजेक्सन’ नक्सा नि:सन्देह साम्राज्यवादी युगमा युरोपेली प्राथमिकताका आधारमा तयार गरिएको थियो । यसलाई सर्वस्वीकार्य नक्साका रूपमा प्रयोग गरिरहनु युरोपेली साम्राज्यवादी युगका प्राथमिकतालाई निरन्तरता दिनु हो । यसविपरीत ‘इक्वेल अर्थ प्रोजेक्सन’लाई अपनाउनु भौगोलिक रूपमा मात्र राम्रो होइन कि प्रतीकात्मक रूपमा पनि महŒवपूर्ण छ । यसले अफ्रिका छापामा कम हुनेछैन जब, वास्तवमा, यो स्केल र प्रतिज्ञामा विशाल छ । आलोचकले नक्सा परिवर्तन गर्नु केवल प्रतीकात्मक हुने भन्दै खिल्ली उडाउन सक्छन् । तर, प्रतीकहरूले आमधारणालाई आकार दिन्छन् । र, धारणाले निर्णयलाई निर्देशित गर्छन् । अफ्रिकालाई सानो देखाउनु कालान्तरमा यसलाई सानो व्यवहार गर्ने बाटो खोल्नु हो । तर, यसको आकारलाई वास्तविक रूपमा चित्रण गरियो भने यसको भूगोल र सम्भावनालाई बेवास्ता गर्न गाह्रो हुन्छ । यस अर्थमा अफ्रिकी संघको माग ठिक छ । 

(द गार्जियनको २२ अगस्टको सम्पादकीयबाट)