मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १० मंगलबार
  • Tuesday, 26 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १० मंगलबार १४:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एलकेबी फुटबल एकेडेमी दोस्रो वर्षमा प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १० मंगलबार १४:oo:oo

राष्ट्रिय फुटबल खेलाडी असिम भुसालले सञ्चालनमा ल्याएको एलकेबी फुटबल एकेडेमीले एक वर्ष पूरा गरेको छ।

उमेर समूहबाट नेपालको प्रतिनिधित्व गरिसकेका असिमले गत वर्षको भदौ १ गतेदेखि आफ्ना स्वर्गीय बुबा ललितकुमार भुसालको सम्झनामा यो फुटबल एकेडेमी सञ्चालमा ल्याएका थिए।

ललितपुर महानगरपालिका– २३, धापासीस्थित एकेडेमीले शनिबार बुबाको मुख हेर्ने दिनको अवसर पारेर आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो।

वार्षिकोत्सव कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका सदस्य मणिकुमार लामा, सनिश श्रेष्ठ, योगेश गुरुङ, रोहन कार्की, अनिल महर्जन र आदित्य शाक्य, ललितपुर महानगरपालिका– २३ का अध्यक्ष जीवन महर्जन, ग्रेस फुटसलका सञ्चालक पुष्पल कार्कीलगातयको उपस्थिति थियो।

असिमले पछिल्लोपटक फ्रेन्ड्स क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए।