मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नाै अंकले बढ्यो सेयर बजार, ६ अर्ब १७ करोडको कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o८:oo

गएको तीन सातामा १९४.२७ अंकले घटेर यो साता पहिलो कारोबारमा आइतबारसमेत २७.१४ अंकले घटेको सेयर बजार आज सोमबार भने बढेको छ।

सोमबार ९.१६ अंकले बढेर बजार २७७०.३९ विन्दुमा पुगेको छ। १७५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ। ७४ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको वर्ष साउन ३१ गते ३०००.८१ को विन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ विन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजारमा ओरालो गति नै बढी देखिन्छ।

बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। ०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को विन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।

गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण ‘स्टप लस हन्ट’ गरे। अहिले पुन: बजार त्यही अवस्थामा देखिन्छ।