मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २ सोमबार १९:२३:oo
Read Time : > 1 मिनेट
साहित्य

समालोचक गुरुङ सुशान्तका एकैसाथ दुई कृति  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार १९:२३:oo

समीक्षा र निबन्ध लेखिरहेका लेखक गुरुङ सुशान्तका दुई समालोचनात्मक कृति एकैसाथ बजारमा आएका छन् । केही महिनाअघि मात्रै ‘इतर समीक्षा’ नामक समीक्षा–सङ्ग्रह सार्वजनिक गरेर चर्चामा रहेका गुरmङ सुशान्तका ‘सम्यक समालोचना’ र ‘साहित्यको समाजशास्त्र’ नामक दुई समालोचनात्मक कृतिको कुनै औपचारिक विमोचन कार्यक्रम भने भएको छैन । र, लेखक गुरmङ सुशान्तले बताए, ‘यी दुई पुस्तकको विमोचन कार्यक्रम गर्ने कुनै योजना छैन ।’ 

गुरmङ सुशान्तले दैनिक पत्रिकामा लेखिरहेका समीेक्षाभन्दा भिन्न आयाम, संरचना र भाषाशैलीमा यी पुस्तक तयार पारेका छन् । ‘सम्यक समालोचना’ भित्र अन्वेषक जनकलाल शर्मा, लेखक शङ्कर लामिछाने, कवि सिद्धिचरण श्रेष्ठ, कवि वासु शशी, कवि कृष्णभूषण बलजस्ता स्रष्टाहरूको जीवनीपरक सेरोफेरोमा लेखिएका लामा–लामा समालोचनात्मक लेख समेटिएका छन्, जसमा ती स्रष्टाहरूका बारेमा उति चर्चामा नआएका सन्दर्भहरू रोचक ढंगमा उजागर गरिएको छ । यसै पुस्तकमा कथाकार भवानी भिक्षु, उपन्यासकार विश्वेश्वरप्रसाद कोइराला, मदनमणि दीक्षित, कवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार शारदा सुब्बा र समालोचक कृष्ण गौतमका सिर्जनाहरूमा केन्द्रित रही नारीवादी कोणबाट समालोचना गरिएको छ । यसका साथै पुस्तकको अन्तिममा नेपाली नारी उपन्यासकारहरूको लामै चर्चा गरिएको छ । ‘सम्यक समालोचना’ को परिशिष्ट खण्डमा अन्वेषक जनकलाल शर्माले २०५२ सालमा दिएको चर्चित र विवादित एक अन्तर्वार्ता ‘बोनस’ स्वरूप पाठकले पढ्न पाउनेछन् । यस पुस्तकको नामजस्तै लेखकले सम्यक विश्लेषण गर्ने कोसिस गरेको देखिन्छ । 

‘साहित्यको समाजशास्त्र’ मा लेखक गुरmङ सुशान्तले साहित्यको समाजशास्त्रको सैद्धान्तिक परिचय दि“दै साहित्यकार नारायण ढकालको कथाकेन्द्री अध्ययन गरेका छन् । यस पुस्तकको एउटा खण्डमा नारायण ढकाल र उनको साहित्यबारे पनि चर्चा गरिएको छ । खासगरी विश्वविद्यालयीय अनुसन्धान पद्धतिमा आधारित भएर लेखिएको ‘साहित्यको समाजशास्त्र’ को भूमिकामा मानवशास्त्री डा. सुरेश ढकालले लेखेका छन्, ‘झट्ट हेर्दा, शास्त्रीय लागे पनि पाठकलाई यसले साहित्य र विश्लेषणको नया’ स्वाद दिन सक्छ । साहित्यको समाजशास्त्रका बारेमा ज्यादै सीमित लेखिएकोमा गुरmङ सुशान्तले थप इँटा थप्ने काम गरेका छन् ।’ 

‘सम्यक समालोचना’ को मूल्य ५४९ रmपैयाँ रहेको छ भने ‘साहित्यको समाजशास्त्र’ को ४९९ रुपैयाँ रहेको छ । यी दुवै पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो ।