मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
२o८२ भदौ २ सोमबार २१:o२:oo
Read Time : < 1 मिनेट
समाचार

सुन तस्करीको अभियोगमा दुईजनाविरुद्ध मुद्दा दायर

एक भारतीय र एक नेपालीविरुद्ध २ करोड ६२ लाख बिगो दावी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार २१:o२:oo

राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत राजस्व चुहावटसम्बन्धी ‍कसुरमा दुईजनाविरुद्ध मुद्दा दायर गरेको छ । सुन तस्करीको अभियोगमा दुईजनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा सोमबार मुद्दा दायर भएको हो। एक भारतीय र एक नेपालीविरुद्ध दुई करोड ६२ लाख बिगो दाबी गरिएको छ ।

राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार राजस्व चुहावटसम्बन्धी ‍कसुरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी मुद्दा दायर गरिएको हो। भारतको पन्जाब अमृतसहरका कुलदीप सिंह र रुपन्देही, तिलोत्तमा–१६ कोटीहवा बस्ने रामबहादुर विकविरुद्ध मुद्दा दायर गरिएको हो । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २० (६) बमोजिम अभियोगपत्र दायर गरिएको घिमिरेले जनाएका छन् ।

प्रतिवादीहरूले सुनका गरगहनाको खरिद स्रोत, बिलबिजक तथा भन्सार प्रज्ञापनपत्रलगायतका कागज प्रमाण नभएका भन्सार चोरी पैठारी गरेका सुनका गरगहनाहरूको कारोबार गरेको अभियोग छ । उनीहरूले भन्सार महसुल तथा कारोबार लुकाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरेको जनाइएको छ । प्रतिवादीहरू सिंह र विकको संयुक्त मिलेमतोमा गरेको राजस्व चुहावटको प्रकृति, गाम्भीर्य तथा राजस्व चुहावट भएको रकमसमेतलाई मध्यनजर राखी बिगोसहित कारबाहीको माग गरिएको छ।

भन्सार चोरी पैठारीतर्फको मुख्य अभियुक्त सिंहको एक करोड पाँच लाख आठ हजार चार सय ११ रुपैयाँ ३० पैसा बिगो कायम गरी बिगो जफत गरी बिगोको शतप्रतिशत जरिवाना र हदैसम्मको कैद सजायको माग दाबी गरिएको छ । त्यस्तै,  मतियारको रूपमा विकलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय ५२ लाख ५४ हजार २ सय ६ रुपैयाँ कायम गरी सजाय र जरिवानास्वरूप दुई करोड  ६२ लाख ७१ हजार २९ माग दाबी लिई रुपन्देही जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ ।