मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा घाइते दुईजनाको मृत्यु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

शुक्रबार साँझ मोरङको बुढीगंगा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बुढीगंगा ४ स्थित नेमुवाचौकबाट अमाहीतर्फ जाँदै गरेको को ३५ प ५०३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका बुढीगंगा–२ का ३५ वर्षीय विकासकुमार भगतको टंकीस्थित  विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यसैगरी, बुढीगंगा–३ शुक्रबार राती ११ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा को २१ प ८६९२ नम्बरको मोटरसाइकलपछाडि बसेका विराटनगर महानगरपालिका–४ का ४२ वर्षीय कात्तिक विश्वासको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो।

उक्त दुर्घटनामा चालक विराटनगर–४ का सञ्जय थान्दार गम्भीर घाइते भएका छन् । उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।