मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
शिल्पा कर्ण काठमाडौं
Invalid date format २o:५४:oo
Read Time : > 1 मिनेट
समाचार

झापाको जग्गा हिनामिनामा माओवादी नेतासहितका कर्मचारी दोषी ठहर 

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५४:oo

विशेष अदालतले झापास्थित सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराइ भ्रष्टाचार गरेको दाबीसहित दायर मुद्दामा माओवादी नेता रेवतराज पुरी गगनसमेतलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ । डेढ वर्ष अघि दायर मुद्दामा विशेषले बुधबार आंशिक ठहरको फैसला गरेको हो ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० फागुन १३ मा दुई मुद्दा दर्ता गराएकोमा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले फैसला सुनाउँदै पुरीसमेत नापी तथा मालपोतका कर्मचारीहरुलाई दोषी ठहर गरेको हो ।  

विशेषको संक्षिप्त फैसलाअनुसार पुरीलाई एक वर्ष कैद सजाय र जरिवाना हुने भएको छ भने कसूर कायम भएका कर्मचारीहरुलाई १ वर्षदेखि ३ महिनासम्मको सजाय सुनाइएको छ । दुवै मुद्दामा गरी कूल १८ जनामाथि कसूर कायम भएको विशेषले जनाएको छ । 

झापाको दिपीनी खोला, रतुवा खोला, पर्ति जग्गा, सडकसमेतको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । दुवै मुद्दामा गरी कूल २८५ प्रतिवादी रहेका यी मुद्दामा ७५ करोड रूपैयाँभन्दा बढीको बिगो मागदाबी थियो । नापी र मालपोतका कर्मचारीका साथै, बिचौलिया, मतियार र जग्गाधनी प्रतिवादी बनाइएका थिए । 

पहिलो मुद्दामा विशेषले नापीका तत्कालीन प्रमुख शशिकान्त झा, सर्वेक्षकहरू सीताराम यादव, विष्णुदेव यादव, विन्देश्वर पञ्जियार, रामकुमार दास र गणेशकुमार धिमालको प्रत्यक्ष संलग्नता रहेको ठहर गरेको छ । साथै, नापी अधिकृत रामदेव मण्डल, अमिन ललितकुमार मण्डल र नासु रुद्रप्रसाद श्रेष्ठको समेत संलग्नता रहेको निष्कर्ष निकालेको छ । (९ जना) अभियुक्तमध्ये झाको मृत्यु भइसकेकाले उनको हकमा कैद सजाय तोकिएको छैन ।

प्रतिवादीमध्ये सीताराम, विन्देश्वर र गणेशलाई जनही १/१ वर्ष कैद तथा जरिवाना तोकिएको छ । रामदेव र रुद्रप्रसाद श्रेष्ठलाई ६/६ महिना कैद र जरिवाना हुने सजाय भएको छ । बाँकी तीनै जनालाई ३÷३ महिना कैद र जरिवानाको सजाय सुनाइएको विशेषले जनाएको छ । 

यसैगरी अर्को मुद्दामा पनि कर्मचारी दोषी पाइएका छन् । कारणबारे भनिएको छ, ‘..पहिले नापी गरी अभिलेख राख्ने, कार्यालयमा रहेको अभिलेखअनुसार जग्गाको श्रेस्ता व्यवस्थापन गर्ने लगायतका कार्य गर्ने कर्मचारीले अभिलेख रहेको विवरणलाई अन्यथा गर्नसक्ने अवस्था देखिँदैन । तसर्थ, आफ्नो कार्यालयमा राखिएको श्रेस्ताकै आधारमा कार्य गर्ने कर्मचारीहरूले बदनियतपूर्वक कार्य गरेको भन्न मिल्ने देखिँदैन । फलतः यसरी प्रथम तहमा नापी गरी अभिलेख कायम गर्ने कर्मचारीकै बदनियतपूर्वकको संलग्नता देखिन आयो ।’

यस मुद्दामा सीताराम यादव र विन्देश्वर पञ्जियारलाई एक वर्ष कैद सजाय तथा जरिवाना हुने फैसला विशेषले गरेको छ । विनोद कुमार मण्डल र गणेश कुमार धिमालको हकमा ६ महिना कैद र जरिवानाको निर्णय अदालतले गरेको हो । यसैगरी अन्य प्रतिवादी जगदिश प्रसाद यादव, रुद्रप्रसाद श्रेष्ठ, रामदेव मण्डल, मीनबहादुर प्रधान र विष्णुकुमार न्यौपाने (९ जना) लाई जरिवानाका साथै ३/३ महिना कैदको सजाय सुनाइएको छ । 

यस मुद्दामा शशिकान्त झा र संसारनाथ पाण्डेय दोषी पाइए पनि मृत्यु भइसकेकाले सजाय सुनाइएको छैन । बाँकी प्रतिवादीले सफाइ पाएका छन् । पुरीलाई भने ३१ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा एक वर्ष कैद सजाय तोकिएको छ । अन्य कर्मचारी र जग्गाधनीलाई सफाइ दिने फैसला भएको छ ।

कसरी कति सजाय ?