मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २८ बुधबार १३:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार १३:४२:oo

प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । 

भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनका लागि सरकारले वास्ता नगरेको भन्दै बैठक बहिष्कार गरेका हुन् ।  

सभामुख देवराज घिमिरेले बैठकको कारबाही सुरु भएको घोषणा गरेलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद अशोककुमार चौधरीलाई बोल्न अनुमति दिएका थिए । 

उनले भिजिट भिसा प्रकरणमा आफूहरूको मागअनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबन्दासम्म विरोध गरिरहने बताए । उनीपछि सभामुख घिमिरेले राप्रपाका सांसद दीपकबहादुर सिंहलाई बोल्न अनुमति दिएका थिए । 

सांसद सिंह बोलिसकेपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् । उनीहरू गत जेठ १३ गतेदखि लगातार संसद बैठक बहिष्कार गर्दै आएका छन् ।